काठमाडौं ।
सरकारले दैनिक उपभोग्य वस्तु लगायत खाना पकाउने ग्यास कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्याँस र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको अवस्थामा ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले बजारमा ग्यास नपाएको भन्दै यस्तो निर्णय गरेको जनाएको छ । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ ।
खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने निर्णय समेत गरेको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया