चेम्बरद्वारा कोरोना भाइरस नियन्त्रणका लागि विमानस्थललाई सहयोग

चेम्बरद्वारा कोरोना भाइरस नियन्त्रणका लागि विमानस्थललाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड -१९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीहरु सहयोग गरेको छ ।

चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई यी सामाग्री उपलब्ध गराएको हो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरसको सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफूहरुले उपलब्ध गराएको सामाग्रीले केही सघाउ पु¥याउने बताए ।

त्यस्तै, त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामाग्रीहरु महत्वपूर्ण हुने बताए ।
चेम्बरले कोरोनाबाट सर्तकताको लागी प्रयोग हुने मास्कको पनि उत्पादन गर्ने भएको छ ।

Logo