काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिशनको नीति अघि सारेपछि बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिशनमा गइरहेका छन् ।
पछिल्लो समय प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । बैंकले जारी गरेको सूचनामा प्राइमले कैलाशलाई प्राप्ति गरेपछि फागुन २९ गतेबाट एकिकृत कारोबार हुने बैंकले जनाएको छ । एकिकृत कारोबार प्राइम बैंकको नामबाट हुनेछ ।
नेपाल राष्ट्र बैंकले प्राइम र कैलाशलाई यहि फागुन १८ गते प्राप्ती गर्न अन्तिम स्वीकृती प्रदान गरेको थियो । बैंकले गत २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृती पाएको थियो ।





























प्रतिक्रिया