आधुनिक प्रविधिबाट जग्गाको पुनः नाप नक्सा गर्ने काम स्याङ्जाबाट सुरु

आधुनिक प्रविधिबाट जग्गाको पुनः नाप नक्सा गर्ने काम स्याङ्जाबाट सुरु

केन्द्रबिन्दु
3
Shares

स्याङ्जा ।

स्याङ्जा जिल्ला वालिङबाट जग्गाको पुनःनक्सा नापको कार्य सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नाप नक्सा गर्ने टिएस मेशिनको स्वीच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकी छिन् ।

त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्घाटन तथा विशेष नापीको शुभारम्भ गर्दै स्याङ्जामा नाप नक्साका समस्या भएको र विशेष नापीले हिजोको नाप नक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताइन् । पुनः नाप नक्सा हामीले ल्यायौं । जो हिजो नापनक्सा गर्दा छुटेका छन् । उनीहरुले राहत पाउने छन् मन्त्री अर्यालले भनिन्,‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।’

यो नाप नक्सा डिजिटल प्रविधिको नाप नक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताइन् । अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताइन् ।

मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाहरुले सिक्ने बताए । जिल्लाभर व्यवस्थित रुपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरुले सहजिकरण गर्नुपर्ने उनको भनाई थियो ।

Logo