किन हुन्छ अर्थमन्त्रीको नामसँग शेयरबजार संशकित ? (भिडियोसहित)

किन हुन्छ अर्थमन्त्रीको नामसँग शेयरबजार संशकित ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनु एक दिन अगाडि गत १९ गते सेयरबजार १४ अंकले बढेर १५०९ अंकमा पुग्यो । त्यसको भोलिपल्ट अर्थात अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएको दिन नेप्से १४.३७ अंकले बढेर परिसूचक १५०९.६७ बिन्दुमा पुग्यो । तर फागुन २१ गते खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि शेयरबजारमा पहिरो गयो । बुधबार शेयरबजार ६८.४७ अंकले घटेर १४४१.२० बिन्दुमा रोकियो । खतिवडा पहिलो पटक अर्थमन्त्री बन्दा बजारमा १५.७८ अंकको गिरावट आई परिसूचक १३५८.९५ बिन्दुमा रोकिएको थियो ।

अर्थमन्त्री खतिवडा सरकारमा आउने कुराले शेयर बजारमा उछाल आउने र खतिवडा जाने कुराले शेयरबजारमा पहिरो जानेक्रम जारी छ । शक्तिशाली सरकारको विज्ञ अर्थमन्त्रीको संज्ञा पाएका अर्थमन्त्री खतिवडालाई शेयर बजारले भने पत्याउनै सकेन ।

उनी अर्थमन्त्री भएको सुरुदेखि नै शेयर बजारप्रति कठोर नीति लिँदै आएका छन् । अर्थमन्त्री खतिवडा सेयर बजारको मामलामा कार्यकालका अधिकांश समय नकारात्मक रुपमा प्रस्तुत हुँदै आएको देखिन्छ । खतिवडा पहिलो पटक अर्थमन्त्री बनेको केही समयमा शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि शेयर बजारमा लगातार पहिरो गएको थियो । लामो समयदेखि लगातार पहिरो गएका कारण लगानीकर्ताहरु निकै आक्रोशित बनेका थिए । उनीहरुले विज्ञप्ती नै जारी गरेर कडा आपत्तिसमेत जनाएका थिए ।

खतिवडाले साना लगानीकर्तालाई शेयर बजारमा बुझेर मात्रै लगानी गर्न अथवा शेयर बारेमा राम्रोसँग जानकारी लिएर मात्रै कारोबार गर्न सामान्य सुझाव दिँदा पनि बजार घटेको थियो । अर्थमन्त्री खतिवडाले बजार घट्ने नै गरी कुनै नीतिगत व्यवस्था भने गरेका थिएनन् ।

यसको एउटै मात्र कारण हो, मनोवैज्ञानिक असर । पूर्वअर्थमन्त्री बाबुराम भट्टराइले पनि शेयर बजारलाई जुवाको घरको संज्ञा दिएका थिए । त्यसैले भट्टराई र खतिवडालाई लगानीकर्ताले पटक्कै मन पराउँदैन् ।

पछिल्लो समय खतिवडाले संघीय संसद्को अर्थसमिति लगायतका विभिन्न कार्यक्रमहरुमा शेयर बजारमा लगानी गर्न डराउनु पर्दैन भन्न थालेका थिए । तर लगानीकर्ताले भने खतिवडालाई पटक्कै पत्याएनन् ।

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गर्दा शेयर बजारमा हकप्रदको चाप निकै थियो । यस्तो अवस्थामा पनि बजार स्वभाविक रुपमा घट्ने गर्छ । तर हल्ला र लहैलहैका भरमा लगानीकर्ता चल्ने हुँदा बजारमा गिरावट आउने गरेको देखिन्छ । हेरौं यो भिडियोमा :

Logo