कोरोनासँग लड्न अर्थमन्त्रीले बनाए समिति

कोरोनासँग लड्न अर्थमन्त्रीले बनाए समिति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रसँगै नेपाल पनि प्रभावित हुन थालेपछि सो संक्रमणसँग लड्न सरकारले तयारी थालेको छ ।

कोरोनाको प्रभावबाट बचाउन अर्थ मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्बजनिक गर्ने कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न टिम बनेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले कोरोनाका कारण विश्व अर्थतन्त्र पनि प्रभावित भएको र त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सरकारले अध्ययन गर्न लागेको बताए ।

Logo