‘आइएमई पे’ को नयाँ योजना सार्वजनिक

‘आइएमई पे’ को नयाँ योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

आइएमई ग्रुपद्वारा प्रबर्धित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२० (छ महिना) सम्म लागू गरिएको छ ।

यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्नु हुने सेवाग्राहीहरुले ३ पटकसम्म निःशुल्क सेवाशूल्कमा पैसा पठाउन सक्नुहुनेछ । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे ’डाउनलोड गरेको हुनुपर्दछ ।

जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनु पर्ने रकमसहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

Logo