भोलि शनिवार सबै बैंकहरु खोल्न राष्ट्र बैंकको निर्देशन

भोलि शनिवार सबै बैंकहरु खोल्न राष्ट्र बैंकको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि  शनिवार पनि सबै बैंक खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सुचना जारी गर्दै भोलि २५ गते शनिवार राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाहरु खुला गरी पुर्णकालिन रुपमा नै राजश्व संकलन गर्न निर्देशन दिएको हो ।

शनिवार(भोलि) दिन बैंक तथा वित्तीय संस्थाहरूसँगै,करदाता सेवा कार्यलय,भन्सार कार्यालयहरु तथा आन्तरिक राजस्व कार्यालयहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको छ ।

Logo