काठमाडौं ।
साताको अन्तिम दिन आज पनि सेयरबजार दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से आज २९ अंकले बढ्दा दुई अर्ब ८० करोडको कारोबार भएको छ ।
आज नेप्से २९ अंकले बढेर १४ सय ३४ पुगेको छ । आज कारोबार भएकामध्ये व्यापार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूह उकालो लागेका छन् ।
आज जीवन बिमा समूहमा सबैभन्दा उच्च ३८५ अंकले बढेको छ । यस हप्ता नेप्से उत्साहजनक रह्यो । साताको सुरुदेखि नै बजार परिसुचक बृद्धि भएको थियो ।





























प्रतिक्रिया