सुन बजारमा कोरोनाको प्रभाव, मूल्य अहिले सम्मकै उच्च (भिडियोसहित)

सुन बजारमा कोरोनाको प्रभाव, मूल्य अहिले सम्मकै उच्च (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन अहिले सम्मकै उच्च मूल्य प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यो अहिले सम्मकै उच्च मूल्य हो । यसअघि गएको पुस २३ गते ७६ हजार ५ सय सम्म पुगेको थियो ।

चीनबाट फैलिएको कोरोना भाइरसको प्रभावले विश्व बजारमै सुनको मूल्यमा प्रभाव पारेको व्यावसायीहरु बताउँछन् ।

यसअघि सोमबार सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज २ सय रुपैयाँ बढ्दा मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने सोमबारकै ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo