‘६ प्रतिशत भन्दा माथिको आर्थिकवृद्धिको बहस हुनु सकारात्मक’ : अर्थमन्त्री

‘६ प्रतिशत भन्दा माथिको आर्थिकवृद्धिको बहस हुनु सकारात्मक’ : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् ।

ललितपुरको हरिहरभवन स्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए । उनले राज्यसत्तामा रहदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्ने गरेको बताए ।

उनले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्र्नेहरु अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताए । तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्री खतिवडाले दुई वर्षमा औसतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताए । उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपान्तरणमा औसत भन्दा माथिको उपलब्धि भएको बताए । उनले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताए । उनले अनुसन्धान र तालिम अभिन्न अंग भएकाले अनुसन्धान विनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने समेत बताए ।

कार्यक्रममा सरकारले एकिकृत वित्तीय विवरण तयार गर्ने अवस्थाको पुरानो परिपाटीलाई अन्त्य गर्न तालिम केन्दले महत्वपूर्ण कार्यक्रमहरु ल्याउन सक्नेमा जोड दिइएको थियो । त्यसका लागि तालिमकेन्द्रको नयाँ भवन उपयोगी हुने अर्थमन्त्री खतिवडाले विश्वास गरे । तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ करोड ३३ लाख ७ हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

Logo