प्रभु बैंक र एनप्याब्सनवीच बैंकिङ्ग कारोबार सम्झौता

प्रभु बैंक र एनप्याब्सनवीच बैंकिङ्ग कारोबार सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रभु बैंक लि. र सिनामंगल, काठमाण्डौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सनकावीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहलमा बुधबार एक समारोहकाविच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक लि. र एनप्याब्सनसँगको सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक लि. हुनेछ । एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत् गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजीक्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंक लिको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिकशुल्क बैंक मार्पmत् नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्न सक्नेछन् ।

प्रभु बैंक लि. र एनप्याब्सनकाविच सम्पन्न यस सम्झौता बमोजिम एनप्याब्सन अन्र्तगत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरु, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरु लगायत अभिभावकहरुले प्रभु बैंकलिको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सञ्जालमा सहभागीभई अधिकतम् लाभ उठाउने बैंकले विश्वास लिएको छ ।

Logo