विहीबारदेखि टाटा शो रुममा ‘भ्यालेन्टाइन विक’ हुँदै

विहीबारदेखि टाटा शो रुममा ‘भ्यालेन्टाइन विक’ हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले भ्यालेनटाइन डेलाई लक्षित गर्दै ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्ज अफ लव’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कम्पनीको थापाथलीस्थित शो रुममा फेब्रुवरी १३ देखि १५ सम्म यस्तो कार्यक्रमको आयोजना हुन लागेको कम्पनीले जनाएको छ । यस अवधिमा शो रुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारहरुले स्वागत  गर्ने  बताएको छ ।

कार्यक्रममा ग्राहकले टाटा मोटर्सको शोरुममा गएर कार्यक्रममा सहभागि भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनिले जनाएको छ ।

कार्यक्रम अवधिभित्र शो रुममा आएर टाटाको जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकहरुलाई कपल माल्दिभ्स भ्रमण , बुकिङ्ग गर्ने ग्राहकलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा परफ्यूम साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ मात्र गर्ने ग्राहकहरुलाई पनि आकर्षक उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Logo