काठमाडौं ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । छापावाला सुनको भाउ आइतबार शुक्रबार भन्दा प्रतितोला ४०० रुपैयाँले बढेर ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुनको भाउ पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ पनि ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो । यो पनि आइतबारकै मूल्य हो ।





























प्रतिक्रिया