ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर मुलपानीमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर मुलपानीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखारहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo