आज प्रतितोला ८ सयले घट्यो सुनको भाउ

आज प्रतितोला ८ सयले घट्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुन चाँदीको मूल्य बुधबार पनि घटेको छ । मंगलबार सोमबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले घटेर ७६ हजार रुपैयाँ कायम भएको थियो ।

आज मंगलबारको भन्दा ८ सयले घटेर सुन प्रतितोला ७५ हजार २ सय कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य पनि घटेर आज ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ । सोमबार प्रतितोला ८ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज पनि ५ रुपैयाँ घटेर ८७५ मा कारोबार भइरहेको पनि नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Logo