काठमाडौं ।
प्रभु बैंक लि, यूकेएआइडि- डिएफआइडि अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत सक्षम संस्था , एसेस एडेभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्यमा २ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रभु बैंक लि. यूकेएआइडि, डिएफआइडिको संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लक्षित गरी गते २ दिने वित्तीय साक्षरता एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २ सय जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट जानकारी गराईएको थियो ।
उक्त अवसरमा सहभागीहरुबाट अन्तर्क्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफूले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो । प्रभु बैंक समेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तर्क्रियात्मक कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको मुम्बाईस्थित प्रवाशी नेपालीहरुले आफूले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्ने बैंकले विश्वास लिएको छ ।





























प्रतिक्रिया