काठमाडौं । निलम्बवनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली हुने भएको छ । अनियमितता गरेको आरोपमा छानविनमा परेका कारण श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।
डेपुटी गभर्नर श्रेष्ठले पदीय जिम्मेवारी अनुसार काम नगरेको तथा वित्तीय स्थायित्वमा नै गम्भीर प्रकारको असर पुग्ने गतिविधि गरेको उजुरी परेको भन्दै सरकारले नेपाल राष्ट्र बैंक संचालक समितिलाई उनी विरुद्ध उजुरीको छानविन गर्न निर्देशन दिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट यस्तो निर्देशन आएपछि राष्ट्र बैंकले बैंक संचालक समिति सदस्य डा. श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । पौडेल संयोजकत्वको समितिले श्रेष्ठमाथिको उजुरी छानविन गरी र्थमन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । अर्थमन्त्रालयले बुझाएको प्रतिवेदनअनुसार बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।
श्रेष्ठमाथि छानविन प्रक्रिया अघि बढेसँगै उनी निलम्बनमा परेका थिए । निलम्बनमा परेका कारण श्रेष्ठ करिब २ महिनादेखि राष्ट्र बैंक गएका थिएनन् । सरकारले सफाइ दिएसँगै श्रेष्ठ आगामी आइतवारदेखि राष्ट्र बैंक जाने बताइएको छ ।





























प्रतिक्रिया