नबिल बैंकको उपचार र मृत्यु बीमा योजनाको वार्षिक समिक्षा

नबिल बैंकको उपचार र मृत्यु बीमा योजनाको वार्षिक समिक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाखको घातक रोग बीमा तथा ७५ हजारको मृत्यु बीमा गरिदिने योजना गतवर्ष ०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पुरा गरेको छ । उक्त बीमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचतकर्ताहरुलाई यस योजना अन्तर्गत २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको छ । ग्राहकहरु विच यस योजनाको लोकप्रियता तथा यसले पु¥याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ ।

उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार वा वढि राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका व्यक्तिगत बचतखातालाई १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाखको बीमा गरेको छ । आफ्ना ग्राहकको सहजतालाई आत्मसाथ गर्दै उक्त १३ वटा मध्ये कुनैपनि घातक रोग लागेको निवेदन उपर आवश्यक प्रमाण पुरा भएको अवस्थामा ३ लाखको बीमा रकम विना कुनै विल तत्काल भुक्तानी हुनेगरी व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजारको बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ ।

हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंक प्रस्तुत भएको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका १०२ शाखा, १४३ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

Logo