काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशका विभिन्न स्थानीय तहहरुले संविधासँग बाझिने नियम बनाउदा समस्या भएको बताएका छन् । उनले संविधानको धारा २३६ विपरित धेरै स्थानीय तहले आफूखुशी नियम बनाएको बताएका हुन् ।
आज कान्तिपुर मिडिया ग्रुपको आयोजनामा भएको ‘नेपाली अर्थतन्त्र ः आजको अवस्था र भोलिको दिशा’ विषयक एक बहसमा बोल्दै पूर्व अर्थमन्त्री महतले सबै स्थानीय तहले आफूखुशी संविधानसँग बाझिने नियम बनाउने प्रवृत्ति बढेको बताएका हुन् ।
संविधानको धारा २३६ मा एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा ढुवानी गर्दा कुनैपनि कर लगाउन नपाइने उल्लेख भएको बताउदै नेपालको विभिन्न स्थानमा स्याउ ढुवानीदेखि साग ढुवानीसम्मको कर तिर्नुपर्ने बाध्यता भएकोले त्यसलाई सुधारको आवश्यकता रहेको औल्याए ।
साथै नेपाल सरकारले सीपयुक्त क्षेत्रमा लगानी गरेर देश मै युवाहरुलाई रोजगार दिनुपर्ने डा. महतले बताए । नेपालीहरु रोजगारीको नाममा विदेशिदै गर्दा नेपालमा अन्य देशका युवाहरुले काम गरिरहेको बताउदै देश मै सीपयुक्त जनशक्ती उत्पादनमा जोड दिएर नेपाली युवाहरुलाई नेपाल मै धेरैभन्दा धेरै रोजगार दिनुपर्ने उनको मत रहेको छ ।





























प्रतिक्रिया