काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको छ । आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो ।
सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तै तेजाबी सुनको मूल्य भने आज प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया