राष्ट्रिय वाणिज्य बैंकद्वारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई मंगलबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए । सो कार्यक्रममा बरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा, डा. गौरिशंकर लाल दाश, छत्र प्रधान, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, बिष्णु बस्नेत, ईश्वर उप्रेती, वडा प्रतिनीधि लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

Logo