सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एक दशमलब ८२ अंकले बढेर १ हजार १ सय ६८ दशमलब शून्य तीनमा पुग्यो । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलब ५१ अंकले बढेर २ सय ५४ दशमलब ७२ अंकमा पुगेको छ ।

यस दिन बजारमा १ सय ७५ कम्पनीका १६ लाख ८१ हजार ८ सय ३८ कित्ता सेयर ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँमा कारोबार भए ।

कारोबारमा आएका १२ वटा समूहगत उपसुचकमध्ये आठ सुचक उकालो लागे भने चार सुचक ओरालो लागे । कारोबारका हिसाबले यस दिन सानीमा बैंकको डिबेन्चरले अग्र स्थान ओगटेको छ । यस दिन बैंकको सेयर ४ करोड ८१ लाख ५० हजारमा कारोबार भएको हो ।

Logo