प्रभु बैंकको तौलिहवा शाखा सञ्चालनमा

प्रभु बैंकको तौलिहवा शाखा सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवामा २०२ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोहवीच गरेका थिए । यो सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटिएम संख्या १५२ पुगेको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानिय सर्वसाधारण, उद्योगी ब्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Logo