विदेशी गिरोहबाट बैंकको साढे १४ करोड जोखिममा

विदेशी गिरोहबाट बैंकको साढे १४ करोड जोखिममा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २६ ।

प्रहरीले नेपालका विभिन्न बैंकको १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ जोखिममा रहेको बताएको छ । विदेशी ठगले उक्त रकमको कारोबार गरेको हुनसक्ने आशंकमा प्रहरीले छानबिन गरिरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

बैंक ठगीको आरोपमा प्रहरीले पक्राउ गरेका तीन जाना नेपालीलाई बुधबार सार्वजनिक गरेको छ । दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई पक्राउ गरेर पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । उनीहरूको सम्बन्ध नाइजेरियाका पिटर हर्मन एसेन्ज र बेलायती स्मिथ मोर्रिससँग सम्बन्ध देखिएको प्रहरीले बताएको छ ।

नाइजेरियन र भारतीय ठगले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, ताञ्जिानिया, इथियोपिया र बेलायतमा बसेर नेपाली नागरिकलाई एजेन्ट बनाउँदै ठूलो रकम ठगी गरिरहेको प्रहरीले बताएको छ । भाइबर, ह्वाट्स एप, फेसबूक, इमो जस्ता सामाजिक सञ्जालका प्लेटफर्म प्रयोग गरेर यस्तो ठगी भइरहेको छ ।

चिठ्ठा परेको, उपहार आएको जस्ता प्रलोभन पारेर सर्वसाधारणसँग करोडौं ठग्नेदेखि बैंक तथा वित्तीय संस्थामा साइबर हमला गरेर पैसा लुट्ने गिरोहबीच सम्बन्ध देखिएको भन्दै प्रहरीले यस्तो अझै धेरै बैंक जोखिममा रहेको हुनसक्ने बताएको छ ।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ठगेको पैसाको १५ देखि २० प्रतिशत रकम नेपालीलाई पाउने गरेको बताए । बाँकी पैसा हुण्डीलगायत विभिन्न अनौपचारिक माध्यामबाट भारत पठाउने गरेको बताए । नेपालमा यस्तो ठगी गर्न ४० जनाभन्दा बढी नेपालीको संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । यस्तै ३४ जना नेपाली अनलाइन ठगीमा संलग्न रहेको पाइएको महाशाखाले जनाएको छ । प्रहरीले १५ जना अनलाइन ठगीका पीडित आफ्नो सम्पर्कमा रहेको बताएको छ ।
अन्नपूर्णबाट

Logo