आइएमई डबलको डबलको डबल अफरको नतिजा सार्वजनिक

आइएमई डबलको डबलको डबल अफरको नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आइएमईले दशैं, तिहार तथा छठ पर्व लक्षित गरी ल्याएको डबलको डबलको डबल अफरको बम्पर विजेता घोषणा गरेको छ । जस अन्तर्गत विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका थिए ।

उनले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । खाङ्गले आफूले पठाएको रकमको डबलको डबलको डबल अर्थात् आठ गुणा हुने ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम पाएका हुन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए ।

उक्त कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताए । उनले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताएका छन् ।

Logo