बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य केही बढेको छ । आज सुन १ सयले बढेको हो । आइतबार स्थिर रहेको सुन सोमबार ७ सयले बढेको थियो । मंगलबार ८ सयले घटेको थियो ।

गत हप्ता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । बुधबार ९ सयले घटेको थियो । यस्तै विहिबार १ सयले बढेको सुन शुक्रबार पनि १ सयले नै बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज केही बढेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी १ हजार ३०५ रुपैंयाँमा कारोबार भइरहेको छ।

Logo