सत्रौँ हस्तकला व्यापार मेला मङ्सिरमा हुने

सत्रौँ हस्तकला व्यापार मेला मङ्सिरमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

१७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो ।

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले जानकारी दिनुभयो ।

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यमबाट नेपाली कलासंस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको सुवेदीले बताउनुभयो ।

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहने महासङ्घले जनाएको छ । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै विभिन्न देशका २० कक्ष रहनेछन् । नेपालको हस्तकला हाल छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायतका युरोपका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।

Logo