काठमाडौं । आईएमएस ग्रुप एनर्जाइजर पावर बैंकको एक मात्र आधिकारिक नेपाली वितरक भएको छ । एनर्जाइजर ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो ।
अमेरिकी कम्पनी एनर्जाइजरले निरन्तर रूपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल पावर बैंकहरू छन् । जुन एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतीय उपकरण तुरुन्त चार्ज गर्नका लागि उपयोगी छन् ।
आईएमएस ग्रुप सबभन्दा छिटो बढिरहेको समूह हो जसमा २० भन्दा बढी विभिन्न कम्पनी आबद्ध छन् । आईएमएस नेपालमा सामसुङ्ग स्मार्टफोनको पनि आधिकारिक वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । अहिले यो कम्पनी विविधीकरणतर्फ अघि बढेको छ ।
आईएमएस ग्रुपका अध्यक्ष र सीईओ दिकेश मल्होत्रा भन्छन् – ‘नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा हामी अत्यन्तै खुसी र गर्व महसुस गर्दछौं । मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणको साथ, हामी अब नयाँ ऊर्जा प्रविधिको परिचय गर्दै छौं जुन हाम्रो राष्ट्रका नागरिकहरूको लागि नयाँ प्रविधिको साथ अगाडि बढ्नको लागि विश्वको पहिलो नवीनतम र उदाउँदो प्रविधिहरूको पर्यायवाची हो । साथै, यो पिढी यस्तो हो जहाँ स्मार्टफोन वा ग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यसकारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ताकि उनीहरूको अनुभवलाई निरन्तर सुधार गर्न र प्रत्येक पक्षमा उनीहरूको अनुभवमा वृद्धि गर्न र उनीहरूको जीवनमा ठोस उत्थान ल्याउन मदत गर्छ ।’





























प्रतिक्रिया