अब नेपाली नोटको हात्ती फेरिने !

अब नेपाली नोटको हात्ती फेरिने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एक हजार रुपैयाँको नोटमा हात्तीको तस्बिर हुन्छ । यो सबैलाई जानकारी भएको कुरा हो । तर त्यो हात्ती कसको हो ? भन्ने कसैलाई जानकारी हुन्न । यो हात्ती नेपाली नै हो त भन्ने प्रश्न बेला-बेला उठ्ने गरेको छ ।

त्यसको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समेत यो हात्ती कसको हो ? भन्ने जवाफ दिन सकेको छैन् । जवाफबारे अनविज्ञ रहेको राष्ट्र बैंकले काइताको जुक्ति निकालेको छ । त्यो हो हात्ती नै फेर्ने । हजारको नोटमा अब नेपालमै जन्मिएको जुम्ल्याह हात्तीको तस्बिर राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जमा ८ वर्षअघि जन्मिएका राम-लक्ष्मणको तस्बिर हजारको नोटमा राखिने भएको हो । राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दशैंसम्म आइसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन्। कतिपयले भने यसलाई एसियाली नै ठानेका छन् । हात्तीको विषयमा विभिन्न मत आइरहँदा राष्ट्र बैंक रामलक्ष्मणको चित्र राख्दै सधैका लागि विवाद अन्त्य गर्ने प्रयासमा लागेको छ ।

बैंकको मुद्रा व्यवस्थापन विधागका कार्यकारी निर्देशकसमेत रहेका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले संसारमै दुर्लभ हुने जुम्ल्याहा हात्ती नेपालमा पाइएकाले त्यो दुर्लभतालाई समावेश गर्न खोजिएको बताए ।

नोटमा सुरक्षा प्रबन्धका लागि तस्बिरको साटो पोट्रेट राख्ने गरिएको छ। नक्कली नोट छपाइ नहोस् भनेर यस्तो पोट्रेट राख्ने गरिएको हो। नोटमा हुने थुप्रै सुरक्षा प्रबन्धमध्ये पोट्रेट तस्बिर पनि एक हो ।

Logo