यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले नेपाली सवारीसाधनहरुको प्रदर्शनी गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् ।
१४ औं नाडा अटो शोको अवसरमा केन्द्रबिन्दु मिडियाले आयोजना गरेको राउण्डटेवलमा बोल्दै महानिर्देशक हमालले विदेशी सवारीसाधनहरुको मात्रै प्रदर्शन हुने गरेकाले आगामी दिनमा नेपालामै सवारीसाधन उत्पादन गरेर प्रदर्शनी आयोजना गर्नुपर्ने बताएका हुन्।
महानिर्देशक हमालले भने “हाम्रै देशमा उत्पादन भएमा मात्र यस्तो आयोजनाले समग्र अर्थतन्त्रलाई सन्तुलन र बजार व्यवस्थापन गर्नेछ । अझ हाम्रो विद्युत उत्पादन क्षमता बढेको हुनाले दुई पाँग्रेबाट उत्पादन थाल्नुपर्ने हुन्छ ।”
थप भिडियोमा





























प्रतिक्रिया