काठमाडौँ,
सिद्धार्थ बैंकले धादिङको धादिङबेसीमा नयाँशाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।





























प्रतिक्रिया