काठमाडौँ,
नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्न अन्तरदेशीय प्रसारणलाइन निर्माण नभएसम्म भारतका पूर्वाधार प्रयोग गर्ने विषयमा त्रिदेशीय छलफल हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई देशबीच विद्युत् व्यापार गर्न त्रिदेशीय छलफल गर्न लागिएको जानकारी दिएका हुन् । बंगलादेश सरकार नेपालमा उत्पादित विजुली खरिद गर्न तयार भइसकेको छ । तर, नेपाल र बंगलादेशबीच सिधै विद्युत् व्यापार गर्न प्रसारणलाइन निर्माण भइसकेको छैन ।
प्रसारणलाइन निर्माण नभएसम्म भारतको पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ । दुई देशबीच भएको ऊर्जा संयन्त्रको बैठकमा पनि त्यसका लागि वातावरण तयार गर्ने आश्वासन नेपालले दिएपछि बंगलादेश भारतीय पूर्वाधारको प्रयोग गरेर विद्युत् खरिद गर्न सहमत भएको थियो । त्यसैले सरकारले भारतीय सरकारको प्रष्ट धारणा माग गर्न पनि छलफल कार्यक्रम आयोजना गर्न लागिएको हो ।
उर्जा मन्त्री पुनले भारतको पूर्वाधार प्रयोग गर्ने वा आफैंले प्रसारणलाइन निर्माण गर्ने भन्ने विषयमा छलफल गर्न तीनै देशका समकक्षीलाई बोलाउने तयारी गरेको जानकारी दिए । नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने विषयमा केही महिना अगाडि मात्रै सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।
कारोबारबाट





























प्रतिक्रिया