हेटौंडा,
प्रदेश नं. ३ दूध र मासुमा आत्मनिर्भर हुने दिशामा अग्रसर भएको छ । बितेको आर्थिक वर्षमा दूध र मासु उत्पादनमा प्रदेशले उल्लेख्य प्रगति गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा प्रदेश ३ मा करिब साढे ५ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । प्रदेश ३ को भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार आव २०७४/७५ को तुलनामा दूध उत्पादनमा ५१ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । आव २०७४/७५ मा ३ लाख ५७ हजार ९ सय ३८ मेट्रिक टन दूध उत्पादन भएकोमा आब २०७५/७६ मा उत्पादन बढेर ५ लाख ४१ हजार ५ सय ३२ मेट्रिक टन पुगेको थियो ।
प्रदेश–३ का १३ जिल्लामध्ये सबैभन्दा बढी काभ्रेपलान्चोकमा दूध उत्पादन भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । काभ्रेमा एक वर्षमा करिब १ लाख २५ हजार मेट्रिकटन दूध उत्पादन भएको छ । काभ्रेपछि सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन रहेको छ । चितवनमा पनि करिब ९५ हजार मेट्रिकटन वार्षिक दूध उत्पादन भएको निर्देशनालयका निमित्त निर्देशक समगोपाल आचार्यले जानकारी दिए । काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक र मकवानपुरमा पनि दूध उत्पादनको अवस्था सन्तोषजनक रहेको आचार्यको भनाइ छ ।
त्यसैगरी प्रदेशमा मासु उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ । आब २०७५/७६ मा प्रदेशमा मासु उत्पादन ३५ दशमलव १६५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । प्रदेशका १३ जिल्लामा बितेको वर्ष १ लाख १ हजार ३ सय ८२ मेट्रिक टन मासु उत्पादन भएको थियो । आव २०७४/७५ मा ७५ हजार मेट्रिक टन मात्र मासु उत्पादन भएको थियो ।
कारोबारबाट





























प्रतिक्रिया