इलाम घुम्न आउने पर्यटक ४० हजारले वृद्धि

इलाम घुम्न आउने पर्यटक ४० हजारले वृद्धि

केन्द्रबिन्दु
0
Shares

इलाम,

पूर्वकै पर्यटकीय जिल्ला इलाममा घुम्न आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । अघिल्लो आर्थिक बर्ष २०७४/०७५ भन्दा गत आव ०७५/०७६ मा इलाम घुम्ने पर्यटकको संख्या ४० हजारले बृद्धि भएको हो ।

अघिल्लो आवमा ९३ हजार ९ सय ७६ जनाले इलाम भ्रमण गरेका थिए भने गत आवमा ४० हजारले बृद्धि भई एकलाख ३४ हजार ७७ पुगेको छ । इलाम–झापा सीमावर्ती रोङ्ग गाउँपालिका स्थित जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रमा दर्ता भए अनुसार इलाम आउने जम्मा पर्यटक मध्ये ५ सय ८० जना बिदेशी नागरिक र बाँकी आन्तरीक पर्यटक रहेका छन् ।

सुचना केन्द्रमा दर्ता नभई आउने पर्यटकको सङ्ख्या पनि उच्च छ । कतिपय पर्यटक भाडाको गाडीमा आउने भएकाले उनीहरुको तथ्यांङ्क संकलनमा कठिनाई हुने गरेको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले बताउनुभयो । इलाम भित्रने पर्यटकको पहिलो रोजाई कन्याम रहेको केन्द्रको तथ्याङ्कले देखाउँछ । तथ्यांक अनुसार ३८ हजार ५ सय ९५ जनाले कन्याम घुमेका छन् । त्यसपछि इलामबजार रहेको छ । गतबर्ष इलाम बजार ३२ हजार ४ सय ४८ जनाले भ्रमण गरेका छन् भने पर्यटकको तेस्रो रोजाईमा इलामको पशुपतिनगर रहेको छ । पशुपतिनगर घुम्न जाने धेरै पर्यटक पशुपतिनगरबाटै भारत दार्जिलिङ्ग जाने गरेको सुचना अधिकारी घिमिरेले बताउनुहुन्छ ।
नेपाल समाचारपत्रबाट

Logo