एनआईसी एशिया बैंकका ग्राहकलाई मेघा हस्पिटलमा २० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई मेघा हस्पिटलमा २० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकका कर्मचारी तथा ग्राहकहरुले मेघा हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबिच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत सम्मको छुट प्रदान गरिने उल्लेख छ । उक्त सम्झौतापत्रमा बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरे।

बैंकले देशभरि २९२ शाखा, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग कारोबार गर्दै आएको छ।

Logo