नयाँ वर्षमा हुन्डाईको आकर्षक अफरः ६ लाखसम्म नगद छुट, १० लाख बोनस

नयाँ वर्षमा हुन्डाईको आकर्षक अफरः ६ लाखसम्म नगद छुट, १० लाख बोनस

केन्द्रबिन्दु
70
Shares

नयाँ वर्ष २०८१ को अवसरमा हुन्डाई गाडीको खरिदमा ‘नयाँ वर्ष, नयाँ हर्ष’ नामक आकर्षक अफर सार्वजनिक भएको छ ।

नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको पेट्रोलियम गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट दिने भएको हो । उक्त अफरमा ग्राहकले स्क्र्याच कार्डको तीन गुणसम्म नयाँ वर्ष वोनस तथा १० लाखसम्मको एक्सचेन्ज बोनस समेत पाउनेछन् । साथै, एक वर्षसम्मको निशुल्क बिमा र सवारी करको फाइदा समेत पाइने छ ।

कम्पनीका अनुसार पुरानो गाडीसँग हुन्डाईको ब्राण्ड न्यू कार एक्सचेन्ज गर्दा तुरुन्तै मूल्यांकन गरिने छ । हाल नेपाली बजारमा क्रेटा, भेन्यू, एक्सटर, आई–२०, ग्रान्ड आई–१० र टुसान लगायत मोडल लोकप्रिय छन् ।

Logo