बुद्ध एयरको काठमाडौं–कोलकत्ता नियमित उडान १६ असारबाट

बुद्ध एयरको काठमाडौं–कोलकत्ता नियमित उडान १६ असारबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नीजि वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं कोलकत्ता उडान सुरु गर्ने भएको छ । काठमाडौंबाट कोलकत्ताका लागि आगामी १ जुलाईबाट नियमित उडान भर्ने बुद्ध एयरलाइन्सले जनाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि काठमाडौं कोलकत्ता उडान भर्न लागिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । काठमाडौंदेखि कोलकत्ताका लागि दुईतर्फी भाडादर २२ हजार रुपैयाँ कायम गरिएको छ । कोलकत्तापछि गुवाहाटीमा पनि सेवा विस्तार गर्ने सो कम्पनीले जनाएको छ ।

नेपालमा बढ्दो पर्यटकीय सम्भावना र होटल व्यवसायहरूको चाप र दक्ष जनशक्तिको दायरा फराकिलो भएकाले पनि अन्तर्राष्ट्रिय उडानले थप मद्दत पुग्ने उनले जानकारी दिए ।

Logo