काठमाडौं,
सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १०.२५ प्रतिशत बोनस सेयर र प्रतिसेयर ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट इच्छाराज तामाङ, अम्बिर बोगटी, प्रतापजंग पाण्डे तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ललाई सञ्चालक पदमा आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ ।
साथै, सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभिन, प्राप्ति गर्न वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायत आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल बैंकले ७३ शाखा मार्फत देशभर सेवा दिइरहेको छ ।





























प्रतिक्रिया