रोलिङ नेक्ससद्वारा आफ्नो एप सार्वजनिक

रोलिङ नेक्ससद्वारा आफ्नो एप सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा उद्यमशिलता र रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको पहिलो ब्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले आफ्नो एप सार्वजनिक गरेको छ ।

रोलिङ नेक्ससको एप्लिकेसन आइओएस र एन्ड्रोइड दुबै फोनमा उपलब्ध रहको छ । नयाँ सम्भावनाहरुको सञ्जाल भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको रोलिङ नेक्सस डट कमले मुख्यगरि दक्षता अभिवृद्धि र रोजगारी सिर्जना तथा प्रवद्र्धनको अवधारणामा रहेर काम गरिरहेको छ ।

रोलिङ नेक्ससको मूल उद्देश्य उद्यमशीलता र ब्यवसायिकता वृद्धि रहेको कम्पनी निर्देशक निशा केसी जंगमले बताइन् । रोलिङ नेक्ससले जब, टेन्डर, फ्रिलान्स, इभेन्ट, छलफल र क्याटगरि विभिन्न ६ डिजीटल प्लेटफर्ममा रहेर सेवा दिइरहेको छ ।

Logo