काठमाडौं
जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा सर्वसाधारणले निष्कासनको झन्डै दुई गुणा सेयर आवेदन गरेका छन् ।
कम्पनीका अनुसार १२ वैशाखसम्म १ करोड ७१ करोड कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले भने रसुवागढी जलविद्युत् कम्पनीले ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कुल ३ लाख ४ हजार आवेदकले १ अर्ब ७१ करोड रुपैयाँको सेयर आवेदन गरेका छन् ।
त्यस्तै सान्जेन जलविद्युत् कम्पनीको सान्जेन १ र २ गरी कुल ५७.३ मेगावाटका दुई आयोजनामा सर्वसाधारणले झन्डै ३ गुणाभन्दा बढी सेयर आवेदन दिएका छन् । कम्पनीले कुल ४९ लाख ८२ हजार २ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । तर १ करोड ४१ लाख कित्ता सेयरका लागि आवेदन परेको छ । कुल ३ लाख ४ हजार आवेदकले १ अर्ब ४१ लाख रुपैयाँको सेयर भरेका छन् ।





























प्रतिक्रिया