अर्घाखाँची
नेपालका लागि बजाजका मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले सेवा विस्तारका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा सोरुम सञ्चालन गरेको छ । एचएच बजाजले थ्री एसको सुविधासहित बस्याल ब्रदर्स अटोलिंक प्रालि नामक सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
सोरुमको उद्घाटन हंसराज हुलासचन्द एन्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले गरेका हुन् ।सोरुमबाट बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिद गर्न सकिनेछ । एचएच बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पु-याउने उद्देश्यले सोरुम सञ्चालनलाई तीव्रता दिइरहेको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया