कारोबारमा नयाँ रेकर्ड राख्दै नेप्से १४५.०५ अंकले घट्यो

कारोबारमा नयाँ रेकर्ड राख्दै नेप्से १४५.०५ अंकले घट्यो

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी गिरावट आएको छ । नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा कायम भएको छ । नेप्से परिसूचक उक्त अंकले घट्दा कारोबार रकमले भने नयाँ रेकर्ड रहेको छ ।

मंगलबार धितोपत्रको दोस्रो बजारमा आज २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक एकै दिन ५.१८ प्रतिशतले घटेको हो । नेप्से घट्दा अधिकांश कम्पनीको मूल्य घटेको छ ।

आज ३२२ कम्पनीको ५करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ । आज फाइनान्स समूहको ८.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको ८.०३ प्रतिशत, बैंकिङ्ग समूहको ५.९६ प्रतिशत र विकास बैंक समूहको ५.४३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

अहिलेका अवस्थामा सेयर किन्ने भन्दा पनि बिक्री गर्नेहरू धेरै देखिएको छ । बजारमा करेक्सन आउँदा कतै भोलि पनि बजार घट्छ कि भन्ने चिन्तामा आम लगानीकर्ता देखिन्छन् ।

Skip This
Skip This
Logo