काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज आज नेप्से परिसूचक ४३.०५ अङ्क अर्थात १.४५ प्रतिशतले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ । २०७८ माघ २० गते २ हजार ८७६.७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन । त्यसपछि याे पहिलाे पटक हाे ।
आज ३३४ ओटा कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । याे हालसम्मकै उच्च हाे । आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ। यस्तै एउटा कम्पनीको मूल्य स्थिर रहेको छ।





























प्रतिक्रिया