काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया