काठमाडौं । नयाँ बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा समाज डेण्टल हस्पिटलकी निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाको संयुक्त हस्ताक्षर गरेका छन् ।
“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।





























प्रतिक्रिया