विश्व प्रसिद्ध जापानी ब्रदर ब्राण्डको प्रिन्टर बेच्दै आएको नेपालको एक मात्र आधिकारिक बिक्रेता सागर ग्रुपले पार्टनर र डिलरसँग ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै सागर ग्रुपले ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको हो ।
दुईवटा सेसनमा सम्पन्न भएको उक्त ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा पहिलो सेसनमा ब्रदर ब्राण्डका टोनर वक्स सिरिजको प्रिन्टर एचएल, डिसिपी र एमएफसीका ६ वटा मोडलहरुका बारेमा मूल्य, फिचर लगायतसम्पूर्ण जानकारी दिइएको थियो।

नेपाली बजारमा विगत १५ वर्षदेखि ब्रदर ब्राण्डको प्रिन्टर बेच्दै आएको सागर ग्रुपका बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन भाजु लामाका अनुसार टोनर वक्स सिरिजको प्रिन्टरले प्रतिप्रिन्ट जम्मा ६० पैसा मात्रै लाग्ने प्रिन्टर नेपाली बजारमा ल्याएकोबारे जानकारी दिनुका साथै आफ्ना पार्टनर तथा डिलरहरुलाई नयाँ उत्पादित प्रिन्टरका बारेमा सम्पूर्ण जानकारी दिनका लागि मिट एण्ड ग्रिट कार्यक्रम आजोजना गरिएको बताए ।

यसका साथै उनले पार्टनर तथा डिलरहरुबाट उठेका प्रश्नहरुलाई पनि सुल्झाएको उनले बताए । कम्पनीले तोकेको मापदण्डमा यदि कसैले प्रिन्टरको प्रयोग गर्छ भने उनीहरुलाई १ वर्षको सट्टा ३ वर्षको वारेन्टी दिइने लामाले बताए। ब्रदर्सका प्रिन्टरहरु स्कुल, कलेज र अफिसियल कार्यहरुमा बढी प्रयोग हुँदै आइरहेका छन् ।





























प्रतिक्रिया