एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

केन्द्रबिन्दु
159
Shares

एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्नेसम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।

यसरी ग्राहकहरूले लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

Logo