सुजुकीका कुन मोडलका बाइक तथा स्कुटर कतिमा किन्न पाइन्छ ?

सुजुकीका कुन मोडलका बाइक तथा स्कुटर कतिमा किन्न पाइन्छ ?

केन्द्रबिन्दु
448
Shares

काठमाडौं । दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताका बीचमा सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरू निकै लोकप्रिय छन् । अधिकांशको रोजाइमा पर्दै गएको सुजुकीका दुई पाङ्ग्रे सवारी नेपालमा भिजि अटोमोबाइल्स प्रालिले बिक्री गर्दै आएको छ ।

उक्त कम्पनीले बेलाबखत आफ्ना प्रडक्टको मूल्यमा परिवर्तन ल्याइरहेको हुन्छ । कम्पनीले नाडा अटो शो–२०२४ मा आफ्नो नयाँ प्रडक्ट पनि सार्वजनिक गरेको थियो । अटो शोमा भिजि अटोमोबाइल्सले सुजुकी भी–स्ट्रोम एसएक्स मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो । 

२५० सीसीको उक्त मोटरसाइकलको मूल्य कम्पनी ६ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै, जिक्सर २५० (एसएम) को मूल्य ६ लाख ३९ हजार ९०० र जिक्सर २५० मोडलको बाइकको मूल्य ६ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार १५५ सीसीको जिक्सर १५० (२०२४ मोडल) को मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । यसैगरी १५५ सीसीको जिक्सर १५० (२०२३ मोडल) को बाइकलाई ३ लाख ६२ हजार ९०० रुपैयाँ तोकिएको छ ।    

त्यस्तै, सुजुकीको १५५ सीसीको इन्ट्रुडर बाइकको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । कम्पनीले १२५ सीसीको एभेनिस (२०२४ मोडल) को स्कुटरलाई ३ लाख २ हजार ९०० र १२५ सीसीकै एभेनिसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ  ।

यसैगरी १३३ सीसीको हायाते बाइकको मूल्य २ लाख २३ हजार ९ सय रुपैयाँ रहेको छ । 

कम्पनीका अनुसार १२५ सीसीको बर्गम्यान मोडलको स्कुटरलाई २ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै, १२५ सीसीको एक्सेस मोडलको स्कुटरको २ लाख ६५ हजार रुपैयाँमा उपलब्ध रहेको  कम्पनीले जानकारी दिएको छ ।

Logo