बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैंयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुन आज तोलामा १०० रुपैंयाँले बढेर ९२ हजार १०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ६०० रुपैंयाँ रहेको छ ।

यता चाँदीको मूल्य पनि आज बढेर १३ सय २० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।

गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

Logo